रामचन्द्र पौडेल सभापतिका उम्मेदवार हुने सम्भावना

२४ मंसिर २०७८, शुक्रबार १४:४४

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका उम्मेदवार हुने सम्भावना बढेको छ।
पार्टीको चौधौं महाधिवेशन सुरु हुन केही घण्टा समय बाँकी रहेको अवस्थामा नेताहरुले वरिष्ठ नेता पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने सहमति जुटाउन लागेका छन् ।

पौडेल निवास बोहोराटारमा बसेको इतर समूहका नेताहरुको बैठकले सभापति शेरबहादुर देउवालाई बिदा गर्न पौडेललाई साझा उम्मेदवार बनाउने निष्कर्षमा पुगेको हो।

बोहोराटारमा भएको यो बैठकमा डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, अर्जुननरसिंह केसी र गगन थापा लगायत सहभागी भएका थिए।