भरुवा बन्दुक र गोलीसहित तीन जना पक्राउ

२४ मंसिर २०७८, शुक्रबार १४:२६

 

काठमाडौं । कैलालीमा सशस्त्र प्रहरीले भरुवा बन्दुक र गोलीसहित तीन जना पक्राउ परेका छन् ।
शुक्रबार बिहान भजनी नगरपालिका–७ को हिम्मतपुरमा हुलाकी सडकखण्डमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिएको टोलीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका ३ बस्ने अजय चौधरी, तुलसीराम चौधरी र दयाराम चौधरीलाई बन्दुक र हतियारसहित पक्राउ गरिएको जानकारी गराए ।

शंकाका आधारमा उनीहरु सवार से३प७७९२ र से २ प ९८७७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा दुई नाले भरुवा बन्दुक, ७ राउण्ड गोली लगायतका घरेलु हतियार समेत बरामद गरिएको डीएसपी जोशीले बताए छन्।