
काठमाडौं । लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा विद्यालयका शिक्षक कमल राना र प्रमिसा गुरुङ, गणेश भण्डारी रहेका छन् ।
लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार जीपमा सवार नौ यात्रु घाइते भएका छन् ।
मृतक र घाइतेलाई जिल्ला अस्पताल बेसीशहर लगिएको छ ।
