सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिबद्धता व्यक्त गरे

२३ मंसिर २०७८, बिहीबार १३:५९

 

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले लेखेको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनपछि कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउन आफूले सक्दो प्रयास गर्ने पनि बताए ।

‘अब हामी सबैले महाधिवेशनमा केन्द्रित भएर पार्टीलाई बलियो बनाउन आवश्यक छ,’ उनले भने ।