
काठमााडौं । नेपाली काँग्रेस प्रदेश १ को मत गणना शुरु भएको छ। काँग्रेस पार्टी कार्यालय मोरङमा अहिले १ ः ५० बाट मतगणना कार्य शुरु भएको हो। निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार मतगणना कार्य शुरु गर्नेको लागि मुचुल्का उठाएर मत गणना गर्ने काम शुरु भएको जानकारी दिएको हो ।
काँग्रेस प्रदेश समितिको नेतृत्वका लागि शनिबार मतदान भएको थियो। मत गणनाको कार्य आज बिहान ८ बजेदेखि गर्ने भनिए पनि उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थल नआएकाले मतगणना कार्य ६ घण्टा ढिला भएको हो
