पछिल्लो समय चार्चामा आएको यू एफ सि के हो ?

१८ मंसिर २०७८, शनिबार ०७:२२

मन्जिल कन्दङवा

काठमाडौं ।

खेलकुद क्षेत्रमा मानव सभ्यता र आधुनिक टेक्नोलोजीकोको विकासक्रम जारी छ । २१ औँ शताब्दीमा भौतिक पूर्वाधारको मात्रै विकास भएको छैन, यसको साथै शिक्षा, खेलकुद, स्वास्थय चिकित्सा, प्रविधी, राजनीति, अर्थ, लगायत विभिन्न क्षेत्रमा नविनता देखिरहेको छ । यसै क्रममा आएको जन्मेको हो यु एफ सि ।

यू एफ सिलाई जान्नु अघि जो कोहिले पनि मिक्स् मार्सल आर्टस् बुझ्नु जरुरी छ । आफू स्वयमलाई शारिरीक सुरक्षा गर्न सक्ने कला वा अन्य कुनै आक्रमणबाट जोगाउनका साथै झगडा परेको खण्डमा आक्रमण गर्नको लागि सिक्ने कला नै मार्सल आर्टस् हो ।

जस्तै कराँते, अलकिडो, हपकिडो, कन्ज फू, तेक्वान्दो, मुवा थाई, अमेरिकन केम्पो, भेल टुडो, जीतकुण्डो, साम्बो रेस्लिङ, ऐकिडो उसुु, जुडो, साम्बो, ब्राजिलियन जिजुत्सु, केन्डो, आदि मिक्स मार्सल आर्टस् अन्तर्गत पर्ने खेलहरु हुन् । यी विभिन्न खेलहरुको आ आफ्नै नियम विनियमहरु हुन्छ ।

युएफसी जसको पुरा रुप अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यु एफ सि) हो । युएफसि आफैँमा कुनै पनि मार्सल आर्टस् खेल होइन । मार्सल आर्टस् विधा अन्तर्गतका खेलका खेलाडीहरुलाई लडाई गरी आफ्नो भविष्य बनाउनका लागि वातावरण सृजना गर्ने संस्था हो युएफसी ।

मिक्स मार्टल आर्टसलाई प्रवर्धन गर्ने अमेरिकन संस्था युएफसिको स्थापना सन् १९९३ नोभेम्बरमा अमेरिकाको लस भेगस, नभ्याड प्रान्तमा भएको हो ।