पौडेल‒कोइराला समूहको बलियो पकड भएको प्रदेशमा देउवा पक्षले शक्तिशाली उपस्थिति देखाए

१७ मंसिर २०७८, शुक्रबार ०८:१२

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश १ का जिल्ला अधिवेशन सकिएका छन्। यसअघि सम्पन्न अधिवेशनमा संस्थापन इतर समूह हाबी हुँदै आए पनि जिल्ला नेतृत्वमा संस्थापन समूहले उछिनेको छ।

पालिका अधिवेशनमा संस्थापन इतर समूह (पौडेल‒कोइराला) हाबी देखिएको प्रदेश १ मा जिल्ला अधिवेशनसम्म आइपुग्दा संस्थापन समूह अगाडी बढेको छ।

१४ जिल्ला सभापतिमा देउवा समूहका ७, पौडेल‒कोइराला समूहका ६ र सिटौला समूहले एक जिल्ला सभापति जितेको छ।

यस्तै पौडेल‒कोइराला समूहको बलियो पकड देखिएको प्रदेश १ मा देउवा पक्षले शक्तिशाली उपस्थिति देखाएको छ।