
काठमाण्डौं । सत्तारूढ पाँच दलका शीर्ष नेताको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई विदामा बसेर कार्यवहाक प्रधानन्यायधीश तोक्न सुझाव दिएका छन्।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायधीश बिरामी परेकाले तत्काल कार्यवहाक न्यायधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन्।
प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यबहाक प्रधानन्यायधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठपन्धनले निष्कर्ष निकालेको छ ।
सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरुले सहभागी जनाएका थिए।
