नेपालको राजनीतिक इतिहासमा भएका चार वटा राजनीतिक परिवर्तन (सीपी मैनाली)

१५ मंसिर २०७८, बुधबार १४:३७

 

काठमाण्डौं । नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रको खुलेर प्रशंसा गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राजा महेन्द्र ‘राष्ट्रवादी’ रहेको बताएका छन्।

सीपी मैनालीले नेपालको राजनीतिक इतिहासमा भएका चार वटा राजनीतिक परिवर्तनमध्ये राजा महेन्द्रले गरेको परिवर्तन बाहेक अरु सबै परिवर्तन बाह्य हस्तक्षेपको अवाञ्छित परिणाम रहेको पनि दाबी गरे । उनले भने, ‘हामीमाथि थोपरिएका बाह्य प्रभाव र हस्तक्षेपलाई हामीले अनदेखा गर्यौं ।’

राजा महेन्द्रले दिल्ली हस्तक्षेपबाट भएका परिवर्तनलाई खारेज गरिदिएको पनि उनको जानकारी गराए। सिंगो नेपाल भारतमा गाभिएको सिक्किम जस्तो हुनबाट रोक्न पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने त्यो राजा महेन्द्रले नै हो,’ उनले भने, ‘संविधानसभा हाम्रो ७ दशकदेखिको एजेण्डा भनेर नेताहरुले भन्दै आउनु भएको छ, ००९÷०१० सालमा संविधानसभा गर्न पाएको भए नेपाल सिक्किम भइसक्थ्यो । महेन्द्रले त्यो बुझेर तुहाइदिनुभयो ।’ मैनाललिे बताए ।