केपी शर्मा ओलीले सुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता

१४ मंसिर २०७८, मंगलवार १५:३५

 

काठमाण्डौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दिएका थिए ।

उक्त मतदान पछि मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका छन् ।

निर्वाचन समितिले दिएको पछिल्लो जानकारीअनुसार ओलीले ९९६ मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १११ मत पाएका छन् ।