काठमाडौं । नेपाली कांग्रेसको बर्दिया जिल्ला सभापतिमा अरुणप्रकाश सिंह राठौर विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार अरुणप्रकाश सिंह राठौरले भुवनेश्वर चौधरीलाई पराजित गर्दै विजयी भएका हुन् । भुवनेश्वर चौधरी भने उक्त मतपरिणाम अनुसार अरुणप्रकाश सिंह राठौरसँग पराजित भएका छन् ।
निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशनमा एक हजार ५७८ मत खसेका मध्यमा सभापतिमा विजयी राठौरले ८८० मत प्राप्त गरेका हुन् । राठौर संस्थापन समूहबाट उम्मेदवार बनेका थिए । भने उनका प्रतिस्पर्धी चौधरीले ६७८ मत पाएका हुन् । चौधरी संस्थापनइतर समूहका उम्मेदवार हुन् । उनी लुम्बिनी प्रदेश सभाका सांसद पनि हुन् ।
पदाधिकारीसहित कार्यसमितिमा राठौर प्यानल विजयी भएको समितिले जनाएको छ । उपसभापतिमा सोदे विष्ट र गोविन्दप्रसाद थारू, सचिवमा मिनराज चौधरी र जग्गाप्रसाद पाण्डे निर्वाचित भएका छन् भने दुई सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ विजयी भएका छन् ।
जिल्ला अधिवेशनको परिणामले दुई कार्यकाल जिल्ला सभापति रहेका संस्थापनइतर समूहका नेता सञ्जय गौतम कमजोर देखिएका छन् ।
