नयाँ नेतृत्व चयनका लागि मतदान

१४ मंसिर २०७८, मंगलवार ०९:२८

 

काठमाण्डौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी भइरहेको छ । मंगलबार बिहानैबाट सुरु भएको मतदानमा सवा ८ बजेसम्म १ हजार २५० मत खसेको छ ।

केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार २१५३ कूल महाधिवेशन प्रतिनिधिमध्ये १ हजार २५० जानले मत खसालेका हुन् । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ ।

६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली प्रतिस्पर्धा हुनेछ ।यस्तै अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार गराएका छन् ।

ओलीको यो सूचीमा ओलीले टोपबहादुर रायमाझी र लेखराज भट्ट पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टिम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टङ्क कार्कीले पनि उम्मेदवारी दिएका छन् ।