
काठमाण्डौैैैैं । नेपाली काँग्रेसका युवा नेता वद्री पाण्डेले सह महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छन् । १४औं महाधिवेशनमा पिछडिएका कोटाबाट सह महामन्त्रीको लागि उम्मेदवार घोषणा गरेका हुन् ।
आज बिहान अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै पाण्डे संस्थापन इतर पक्षबाट सह महामन्त्री लड्ने बताएका छन् । पाण्डेले भने, ‘१२औं महाधिवेशनमा अञ्चलकोटामा केन्द्रीय सदस्य भएको थिएँ ।
१३औं महाधिवेशन खुलाबाट केन्द्रीय सदस्य बने । १४औं महाधिवेशनबाट अब पिछडिएको क्षेत्रबाट सह महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको छु।’अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलनमा बताए ।
पाण्डेले नेपाल विद्यार्थी संघको राजनीतिबाट काँग्रेसमा प्रवेश गरेका थिए । १५औं महाधिवेशन सह महामन्त्री उम्मेदवार नदिने आजै घोषणाा गरे ।
उनले भने, ‘म सह महामन्त्री १५औं महाधिवेशन उठ्ने छैन । सके महामन्त्री वा उपसभापति बन्ने प्रयास गर्ने छु । त्यो सम्भव नभए म कुनै पदमा उम्मेदवार नबन्न पनि तयार छु ।’
