धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित

१३ मंसिर २०७८, सोमबार ०८:५४

 

 

 

काठमाण्डौैं । नेपाली काँग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित हुनु भएको छ । सोमबार बिहान आएको मतपरिणाम अनुसार अधिकारीले एक हजार ८२ मत ल्याएर सभापतिमा निर्वाचित हुनु भएको हो । अधिकारीका निकटतम प्रतिद्धन्द्धी भीम ढुंगानाले भने एक हजार ४६ मत लिनु भएको थियो ।

अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुनुहुन्छ भने ढुंगानालाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन रहेको थियो । यस्तै उपसभापतिमा गेहेन्द्र मल्ल १०६८ र दलबहादुर अधिकारी १००६ मत ल्याएर विजयी हुनु भएको छ

सचिवमा रामकृष्ण पाण्डे १०१२ र विकास श्रेष्ठ ११२१ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । सहसचिवमा नबराज तिमल्सिना १०९१ मत ल्याएर विजयी हुँदा क्रान्ति डल्लाकोटी र बिजय पाख्रीनले बराबरी मत ल्याएउनु भएको छ । उहाँहरु दुवै जनाले ९९५ मत ल्याएका ल्याएउनु भएको छ ।