कृष्णनगरमा प्रहरीको अवैध असुली धन्दा

१२ मंसिर २०७८, आईतवार १९:२२
शहबाज खान
कपिलवस्तु ।
भारत बाट नेपाल प्रवेश गर्दा दशगजा कटाउने वित्तीकै लिंक गेटमा सुरक्षा तथा चेकजाँचको निम्ति खटेको नेपाल प्रहरी अवैध असुली गर्ने गरेको छ ।
नेपाल प्रवेश द्वारको पश्चिम तिर बस्ने नेपाल प्रहरीका जवानहरुले भारतबाट आउने व्यक्तिहरुको झोला चेकजाँच  गर्ने र ब्यक्ति तथा  सामान अनुसार  साइडमा प्रवेश‌द्वार मुनि बोलाएर पैसा माग्ने काम भइ रहेको गुनासो सुन्न पाइन्छ।
यदि त्यहाँ पैसा दिएन भने सो सामान उठाएर लिंक गेट नेपाल प्रहरी कार्यलयमा राखेर विभिन्न किसिमको डर त्रास देखाई समान जफत गर्न वा भन्सार गर्न पठाइ दिन्छु समेतको धम्की  व्यक्तिहरुलाई दिने  र  जवान बोलाएर भन्सार कार्यलय पठाउन लगाउने र केही छिनमा भन्सार कार्यलय नपठाई बीच बाटो मैं प्रहरी जवानले पैसा लेन देन गरि सामान छोडने काम लिंकगेट प्रहरी कार्यलय प्रमुखको मिलोमतोमा  भइरहेको तथ्य बाहिरीएकोछ । जब कि लिंग गेट नेपाल प्रहरी पछि भन्सार कार्यलय र अन्तिममा सशस्त्र प्रहरी बलको बिट रहेको छ ।
भार‌त बाट नेपाल आउने माल सामानको‌ भन्सार प्रज्ञापन पत्र हेरेर सामान छोडनको  लागि भन्सार कार्यलयले आफ्नै बिट बनाई कर्मचारी खटाएको छ।
भन्सार कार्यलय पुग्न भन्दा पहिला नै  गरिब निमुखा  सर्वसाधारण पहुँच नभएका व्यक्तिहरुबाट अवैध पैसा असुल्ने  काम गरेको सर्वसाधारणहरुको गुनासो रहेको छ ।
हालमा रहेका कृष्णनगर लिंग गेट प्रहरी कार्यलय प्रमुख अभय रावत केही बर्ष पहिला ईप्रका बहादुरगंजको प्रमुख हुँदा   त्यहाँको चेकपोस्टमा चेकजाँचको नाममा भारतीय मालवाहक गाडीहरुसँग अवैध पैसा असुली गर्ने बिषयमा विभिन्न मिडीयामा खबर समेत आएको थियो।
लिंक गेटबाट ब्यवसायिक रूपमा कारोबार गर्नेलाई  कुनै    कुनै रोक टोक नगरी सर्वसाधारणहरुलाई हैरान गर्ने काम मात्रै गरेको स्थानीय सर्वसाधारणहरुको भनाइ रहेको छ।