
काठमाण्डौं । काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल भेटिएको छ । ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर भेटाएर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो र कोटेश्वर लगायतका ठाउँबाट हराएका १५ मोटरसाईकल र ८ वटा स्कुटर भेटिएको ट्राफिक महाशाखाका एसपी सञ्जीव शर्माले बताए । एक महिनाको अवधिमा ती मोटरसाइकल भेटिएको हो ।
आइतबार ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराइले सो मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । महाशाखाबाट सादा पोषाकमा खटिएका अनुसन्धानकर्मीहरुले चोरीका मोटरसाइकल भेटाएका हुन् ।
