
काठमाण्डौं । जाजरकोटमा आज बिहान बस भएकोे छ । उक्त बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ ।बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार जादै गरेको ना६ख २७५७ नम्बरको बस राति २ ः ३० बजेतिर जाजरकोटको भेरी नगरपालिका १३ कुदुमा दुर्घटना भएको थियो ।
उक्त बस दुर्घटनामा मृत्यु हुनेहरुमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, ४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजर कोटको नलगाड नगरपालिका, ३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका, ९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादवको मृत्यु भएको जाजरकोट प्रहरी स्रोेतले जनाएको छ । यादव जाजरकोटकै दीपेन्द्र आधारभूत विद्यालयमा कार्यरत कर्मचारी थिए ।
दुर्घटनामा २५ जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी स्रोेतले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी मधुकुमार थापाले जानकारी गराए ।
दुर्घटनास्थल जाजरकोटको सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको थियो ।
बस दुर्घटनाको कसरी भयो भन्ने कारण भने यो समचार तयार गर्दा सम्म खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
