
काठमाण्डौं । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टारमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो। बन्द सत्र कार्यक्रमको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेको हुन् ।
केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले जानकारी गराएका छन् ।बन्द सत्र कार्र्यक्रमलाई विदेशबाट आएका अथितिहरुले सम्बोधन गर्ने छन्
विभिन्न देशका नेताहरूबाट आएका शुभकामना शन्देस पनि पढेर सुनाइने कार्यक्रम रहेको छ । बन्द सत्रकार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि बन्द सत्र कार्यक्रमको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने छ ।
