बाँकेमा दुई कोरोनाका कारण मुत्यु

११ मंसिर २०७८, शनिबार १२:१२

 

काठमाण्डौं । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना बाँकेका रहेका छन् ।
कात्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते अस्पताल भर्ना भएकी कोहलपुर ११ की ६४ वर्षीया महिलाको शुक्रबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, कोहलपुरकै ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको बांकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनु भयो । यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।