मोटरसाइकल सहित पक्राउ

१० मंसिर २०७८, शुक्रबार ०९:०४

 

 

काठमाण्डौं । परेका छन् । पक्राउ पर्नेहरूमा भद्रपुर ७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर ६ संगमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर ५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड ८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड(६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा १ का २८ वर्षीय राज श्रेष्ठ रहेका छन् ।

उनीहरू सातै जनालाई प्रहरीले भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका ब्राउन सुगरसहित पक्राउमा परेका थिए ।उनीहरूको साथबाट ४.६१० मिलिग्राम ब्राउन सुगर, एक थान नाइट्रोजन ट्याबलेट, एक थान डिजिटल तराजु, मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीले उनीहरूमाथि कारबाहीका लागि प्रक्रिया अगाडि बढाइरहेको प्रहरी स्र्र्र्रोतले बताएको छ।