सुर्तीजन्य पदार्थको बिक्री, वितरण, सेवनसम्बन्धी नियम पालना

९ मंसिर २०७८, बिहीबार १५:००

 

 

काठमाण्डौं । सरकारले सुर्तीजन्य पदार्थ नियमनका लागि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई कानुनसम्मत बहस र पैरवी गर्न आग्रह गरेको छ । सेवा विभागका महानिर्देशक ड. दीपेन्द्ररमण सिंहले अबको एक महिना भित्र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ऐनमा उल्लेख भएका कुराहरूलाई रिजेनेरेट गर्न साता भित्रै बैठक गर्न सम्बन्धित निकायलाई आह्वान गरेका छन् ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी काठमाडौँमा मङगसीर ८ गते बुधबार आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंहले सुर्तीजन्य पदार्थको नियन्त्रण लागि देशभर तत्काल बहस गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

‘सुर्तीजन्य पदार्थको बिक्री, वितरण, सेवनसम्बन्धी नियम पालना भए नभएको विषय र चेतावनी सन्देशका चित्रमा बहस र पैरवी गर्न आवश्यक भएको उनले बताए यस्तै उनले ७ सय ५३ स्थानीय तहका प्रशासकीय अधिकृतसँग सुर्तीजन्य पदार्थ सेवन नियमनका विषयमा छलफल गर्ने तयारी भइरहेको समेत जानकारी गराएका छन् ।