कांग्रेस उप–सभापति विमलेन्द्र निधिले सभापतिमा अघि बढ्न घोषणापत्र

९ मंसिर २०७८, बिहीबार १४:४५

 

 

काठमाडौं । कांग्रेस उप–सभापति विमलेन्द्र निधिले सभापतिमा अघि बढ्न घोषणापत्र अघि सारेका छन् ।५३ वर्ष सक्रियतापूर्वक राजनीति गरेको भन्दै परिवर्तितक राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक पार्न आफूले उम्मेदवारी घोषणा गरेको विमलेन्द्र निधिको भनाई छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थ्ति सम्पर्क कार्यालयबाट निधिले सभापतिमा अघि बढ्न घोषणापत्र अघि सारेका हुन् ।‘आफ्नो विगतलाई फर्केर हेर्दा मैले १३–१४ वर्षको किशोर अबस्था देखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा करीव ५३ वर्ष सक्रियतापूर्वक व्यतित गरिसकेको छु । लोकतन्त्र प्राप्तिका लागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृंखला अनुभव गरेको छु’ उनले भन े।

विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट पारेका छन् ।