कमल थापाले फेसबुकमा यस्तो लेख्छन्

८ मंसिर २०७८, बुधबार १७:१८

 

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले शिक्षक र सरकारी कर्मचारीलाई पार्टीको सदस्यता नदिन मातहतका निकायलाई निर्वाचन आयोगले दिएको निर्देशन र परिपत्र सकारात्मक कदम भएको बताए । थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

अध्यक्ष थापाले निर्वाचन आयोगको यो कदमले शैक्षिक क्षेत्रको सुद्धीकरणमा महत्वपूर्ण भुमिकाको योगदान पुग्ने बताएका छन् ।
शिक्षक र सरकारी कर्मचारीलाई पार्टीको सदस्यता नदिन मातहतका निकायलाई निर्वाचन आयोगले गरेको निर्देशन र परिपत्र अत्यन्तै सकारात्मक र उपयुक्त हुने उनले फेसबुकमार्फत लेखेका छन्,। राजनीति मात्र होइन यो निर्णयले शैक्षिक क्षेत्रको सुद्धीकरणमा समेत महत्वपूर्ण योगदान पु¥याउने उनले बताए ।

मंगलबार मात्र निर्वाचन आयोगले शिक्षक र सरकारी कर्मचारीलाई पार्टीको सदस्यता नदिन मातहतका निकायलाई निर्देशन दिएका थिए ।
यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने शिक्षकले राजनीति गर्न पाउनुपर्ने बताएका छन् । मंगलबार नै आयोजित एउटा कार्यक्रममा उनले शिक्षकलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली कमजोर हुने बताएका छन् ।