काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलाई ओलीको गृय जिल्ला झापाबाट चुनाव लड्न सुझाव दिए ।
मंङगसीर ०७ राजधानीमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई झापामा आएर चुनाव लड्न सुझाव दिएका हुन् ।
एमालेको दशौं महाधिवेशन चितवनमा किन गरियो भन्ने प्रचण्डको प्रश्नको जवाफ दिँदै ओलीले महाधिवेशन कहाँ गर्ने भन्नेबारे निर्णय गर्नु कुनै पनि पार्टीको सहजता र स्वतन्त्रताको विषय भएको जानकारी दिए।
प्रचण्डकै चुनाव क्षेत्रलाई लक्षित गरेर एमालेले महाधिवेशनस्थल तोकेको हो कि भन्नेबारे हुँदै आएको चर्चातर्फ केन्द्रित हुँदै ओलीले कोही कहीँबाट चुनाव लड्दैमा त्यो जिल्ला उसकै हो भनेर भन्न नमिल्ने पनि बताए ।
उनले प्रचण्डसँग आफ्नो कुनै लिनु दिनु नरहेको पनि बताए । उनले भने, ‘उहाँलाई मेरो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आउनुस् ।’
