
काठमाडौं । ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउन शुरु गरिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको विज्ञप्ति अनुसार आज र भोलि दुई दिन कोभिड १९ विरुद्धको भेरोसेलको खोप लगाइने छ ।
भेरोसेल खोपको पहिलो डोज लगाएको २१ दिन पूरा भएका व्यक्तिहरुले आ–आफ्नो वडामा सम्पर्क गरी खोप लगाउन सकिने उनले बताए ।
