जबराको राजीनामा माग्दै कानून व्यवसायीको नाराबाजी

१ मंसिर २०७८, बुधबार १२:१०

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज नाराबाजी गर्दै सर्वोच्च अदालत परिक्रमा गरेका छन् ।

उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नाराबाजी गरेका हुन् । ‘चोलेन्द्र शम्सेर राजीनामा दे’, ‘बार एकता जिन्दावाद’ लगायतका नारा उनीहरुले लगाएका छन् ।