प्रहरी हस्तक्षेप निन्दनीय : नेपाल कानुन समाज

२६ कार्तिक २०७८, शुक्रबार ०६:३७

काठमाडौं । नेपाल कानुन समाजले सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ ।

अध्यक्ष तीर्थमान शाक्यले बिहीबार एक विज्ञप्ति जारी गरी सर्वोच्च परिसरमा प्रहरीको हस्तक्षेप हुनु भत्र्सनायोग्य भएको बताएको छ ।

‘नेपालको न्यायिक इतिहासमा यसरी सर्वोच्च अदालत परिसरभित्र प्रहरी हस्तक्षेप गरेको यो पहिलो र निन्दनीय घटना हो । …यस्तो निन्दनीय घटना घटाई न्यायपालिकाको जनआस्था कमजोर पार्ने निकृष्ट कृत्य हो भने नेपाल कानून समाज ठान्दछ’ विज्ञप्तिमा भनिएको छ ।