एमालेमा भाँडभैलो; माइक खोसाखोस

२४ कार्तिक २०७८, बुधबार २३:११

काठमाडौं । सुनसरी एमालेमा २ जेठ २०७५ मा फर्किने कि नफर्कने भन्ने विषयलाई लिएर भाँडभैलो भएको छ ।

सदरमुकाम इनरुवामा बुधबार बोलाइएको जिल्ला कमिटी बैठकमा नेताहरुबीच विवाद बढेपछि माइक खोसाखोस नै भएको छ । त्यस्तै जिल्ला कमिटीका ३२ जना नेताले बैठक गरेका छन् ।

२ जेठका विषयमा साविक अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले अध्यक्ष बनाएका रेवतीरमण भण्डारी समूहबीच विवाद भएको हो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि विवाद बढेको थियो ।

बैठकमा निरौला बोल्ने क्रममा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक नै खोस्न पुगेका छन् ।

माइक खोसेपछि चौधरी भने कार्यक्रमस्थलबाट बाहिरिएका छन् । यसैबीच धरानका ३२ जना एमाले नेता कार्यकर्ताले उक्त बैठक बहिष्कार गरेका छन् ।