फेरी बढ्यो पेट्रोलको भाउ, जम्मा कति ?

२४ कार्तिक २०७८, बुधबार २२:५६

फाइल तस्बिर

काठमाडौं ।  नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ ।

यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो ।