
काठमाडौं । पछिल्लो समय एमालेका अध्यक्ष केपी ओलीले डा. बाबुराम भट्टराईले छोरी मानुषीलाई बेलायतमा पढाउने खर्च कहाँबाट आयो भनेर प्रश्न गरेका थिए ।
यस पछि मिडियामा चर्चा आएको यो विषयको जवाफमा ओलीलाई बाबुरामले मानुषी अध्ययनको लागी बेलायत गएको पुष्टी गर्न ओलीलाई जावाफ दिएका थिए ।
हिमालया टिभिसँगको अन्तर्वातामा मानुषिले बेलायत आमा हिसिला यामीसँग गएको बताएकी छिन् । सो समयमा हिसिला मास्टर्स इिन आर्किटेक्चरमा छात्रावृतिमा पढन् जाँदा आफू सानो भएको कारण आमाले साथै रेखदेख गर्न बेलायत २ वर्षको लागि लगेको बताइन् ।
आठ कक्षादेखि आफू सरकारी विद्यालयमा अध्ययन गरी स्नातक अध्ययन गर्न मात्र आफू भारत गएको बताइन् । जहाँ नेपालको भन्दा सस्तो शुल्कमा अध्ययन गरेको पनि उनले उल्लेख गरिन् । तत्पश्चात उनी स्नातककोत्तर गर्न पुनः नेपालै फर्केको बताउँछिन् मानुषी । उनले त्रिभुवन विश्वविद्यलयबाट स्नातककोत्तर पुरा गरेकी छिन् ।
अध्यक्ष ओलीको गलत अभिव्यक्तीको चिरफार गर्दै उनले ओलीलाई आफू बेलायत अध्ययन गर्न गएको पनि प्रमाणित गर्न चुनौती दिएकी छिन् ।
अध्यक्ष ओलीले भिसा नपाएको सम्बन्धमा मानुषीले उत्तरमार्फत हानिन् गतिलो झापड । बेलायती राजदूतावासले भिसा दिएन भन्ने ओलीको प्रसंगलाई जोड्दै मानुषीले भनिन्, उहालाई कुन कालखण्डमा बेलायत जान मन थियो, किन भिसा दिएन त्यो त राजदूतावासले बताउने कुरा हो ।
मानुषीले पूर्व प्रधानमन्त्री जस्तो व्यक्तीबाट गैरराजनीति साथै भ्रमपूर्ण अभिव्यक्ति आएकोमा खेद व्यक्त गरेकी छिन् ।
मानुषी नेताद्वय हिसीला यामी र डा. बाबुराम भट्टराईकी छोरी हुन् ।
