
फाइल तस्बिर
काठमाडौं । काठमाडौंको हनुमानस्थानमा गुडिरहेको भ्यानमा अचानक आगलागी भएको छ ।
कालिमाटी तरकारी लिन हिँडेको बा१ज ९१९५ नम्बरको भ्यानमा आज विहान अचानक आगो लागेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार ब्याट्री सर्ट भएर आगलागी भएकाे र यस बारे थप विवरण आउन बाँकी रहेकाे छ।
आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको समेत प्रहरीले जनाएको छ ।
