आक्रोशित कैदीबन्दीले जेलरलाई कुटेपछि

२२ कार्तिक २०७८, सोमबार ०९:०४

एजेन्सी

काठमाडौं । भारतको पतेहगढ जिल्लामा डेंगुले कैदीको मृत्यु भएपछि कैदीबन्दी आक्रोशित बनेका छन् ।

आक्रोशित कैदीबन्दीले जेलभित्रै आगजनी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसका साथै केही कैदीले ड्युटीमा खटिएका जेलरलाई पनि कुटपिट गरेका छन् ।

२९ वर्षीय कैदी संदीप यादवको डेंगुका कारण मृत्यु भएपछि जेलभित्रका कैदीबन्दी आतंकित बनेका हुन् ।