
काठमाडौं । हिजोआज नेपाली दम्पतीहरू यौन विचलनका कारण सम्बन्धविच्छेदको अवस्थासम्म पुग्ने गरेका छन् । दम्पतीमा हुने गलत बुझाइ वा यौनमा हुने असन्तुष्टिको कारणले पनि धेरै दम्पतीको विग्रह भएको देखिन्छ ।
यही यौनको जीवन र यसले निम्त्याउने समस्याको बारेमा मनोविद् करुणा कुँवर विष्टसँग गरेको कुराकानीको सम्पादित अंश :
मान्छेको यौन व्यवहारलाई मौसमले असर गर्छ । मान्छेको यौन आकांक्षालाई भौगोलिक अवस्था र वातावरणले निर्देशित गरेको हुन्छ । विभिन्न अध्ययनले देखाएको छ कि हरदम चिसो भइरहने, पानी परिरहने ठाउँमा पुग्दा मान्छेमा यौनको मुड चल्छ ।
नेपालको भौगोलिक अवस्थाले पनि फरक फरक वातावरणमा भिन्दाभिन्दै खाले यौनइच्छा जागृत गराउने गर्छ । लामो समय बादल लागिरहने र पानी परिरहने ठाउँमा पनि यौन इच्छा बढी जागृत हुन्छ ।
महिलामा यौन रूचि कम हुन्छ भन्ने त होइन । यो मान्छेपिच्छे फरक हुने कुरा हो । हरेक व्यवहारहरु पुरुष र महिलामा यस्तै पाइन्छ भन्ने हुँदैन । जुन मान्छे अनुसार व्यवहार फरक हुने गर्छ । जुनसुकै मान्छेको पनि सानैदेखि मौलिक बुझाइ शैली हुन्छ । त्यही शैलीले पनि यौन रुचि कस्तो हुने भन्ने निर्धारण हुन्छ ।
यस्तो होइन, एक्स्ट्रा म्यारिटल अफेयरमा लागेका सबै केटाहरु यौनका कारण नै अरू महिलासँग आकर्षित हुन्छन् भन्न मिल्दैन ।
यसमा केटामान्छेले आफ्नी श्रीमतीबाट कस्तो व्यवहार खोजीरहेको छ त्यो श्रीमतीबाट नपाएर पनि अर्की महिलासँग नजिकिएको हुन सक्छ । भावनात्मक सम्बन्ध होस् या अरू आवश्यकता पूर्तिको लागि पनि पुरुषहरुले एक्स्ट्रा म्यारिटल अफेयरमा लागेका हुन्छन् ।
स्रोत: अनलाइनखबरबाट
