एकै जिल्लामा ३ हजार माओवादी नेता–कार्यकर्ता एमालेमा प्रवेश

११ कार्तिक २०७८, बिहीबार १५:०७

काठमाडौं । कार्तिक ७ गते झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ३ हजार माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

झापाको विर्तामोडमा आज भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका छन । व्यवसायी दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा आएका हुन् ।

माओवादीको जनयु द्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गरेका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय रहेका छन । कार्यक्रममा संविधानसभा अध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली तीन दिने झापामा भ्रमणमा छन् । आइतबार बिहान काठमाडौंबाट झापा पुगेका उनले पारिवारिक र छिमेकीसँग भेटघाट गरेका छन् ।

झापाको भद्रपुर–१ स्थित पृथ्वीनगरमा ९३ वर्षीय बुबा मोहन ओलीलाई भेट्न पुगेका उनले सो क्रममा भाइ, भाइबुहारीसहित छिमेकीसँग पनि भेटघाट गरे ।
परिवारका सदस्यसँग कुराकानीपछि पुराना नेता, ज्येष्ठ नागरिक, गाउँलेसँग भेटघाट गरेका उनलाई छिमेकी कर्णबहादुर कार्कीले सञ्चो बिसञ्चो सोधे । ओलीले पनि उनकाबारे जिज्ञासा राखे ।

छिमेकी मन्दिरा कोइरालाले ओली आउँदा भेट हने र आफूहरूको गुनासो सुन्ने गरेको बताइन् । अर्की छिमेकी कुमारी लिम्बूले ओलीलाई मास्क खोल्न लगाइन् । लिम्बूले मास्क खोल्न भनेपछि ओलीले खोलेका थिए ।

त्यसपछि उनीसँग ओलीले फोटो पनि खिचे । सोही क्रममा कलाकार विल्सन विक्रम राईले ओलीलाई भेट्न पृथ्वीनगर पुगेका थिए । उनले पनि ओलीसँग तस्बिर खिचे ।