
काठमाडौं । मोरङको नेकपा (एमाले) विराटनगर महानगर कमिटी अध्यक्षमा सागर थापा चयन भएका छन् ।
नगर अध्यक्षका दाबेदार पर्शुराम बस्नेतले दाबी छाडेपछि उनी पुनः निर्विरोध निर्वाचित भएका हुन् ।
नगरकमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिव रोहित कोइराला,सह(सचिव नवराज नेपाल र जयप्रकाश महतो पनि निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबार विराटनगरमा प्रथम अधिवेशन भएको थियो । आकांक्षीहरू बढी भएपछि बन्दसत्र सारिएको थियो ।
