
काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।
‘सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ,’ यहाँस्थित अमेरिकी दूतावासले केहीबेरअघि ट्वीट गर्दै भनेको छ ।
यसअघि गत असारमा पनि अमेरिकाले जान्सन एण्ड जान्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।
