पूर्व क्रिकेटरसिंह जमानतमा छुटे, इन्स्टाग्राम लाइभमा के अपराध गरे त्यस्तो ?

७ कार्तिक २०७८, आईतवार १५:४७

काठमाडौं । भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई हिसार पुलिसले पक्राउ गरेर अन्तरिम जमानतमा छाडेको छ ।

उनी पक्राउ गरेको आइतबार राति मात्र सार्वजनिक भयो । उनीमाथि एक इन्स्टाग्राम लाइभमा जातिगत टिप्पणी गरेको आरोप छ । उनीविरुद्ध रजत कलसन नाम गरेका व्यक्तिले जातिगत टिप्पणी गरेको आरोपमा एफआईआर दर्ता गरेका थिए ।

अदालतको निर्देशन अनुसार सिंह अनुसन्धानमा सहभागी भएको र अन्तरिम जमानतमा छाडेको हान्सीका एसपी निकिता गहलोतले बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।