मानवसेवा आश्रमले उद्धार गरेका ४ जनाको मृत्यु १०, घण्टा लामो रेल यात्रा गरेर पुनर्मिलन

५ कार्तिक २०७८, शुक्रबार ११:२२

काठमाडौं । दसैँको समयमा मानवसेवा आश्रमले देशभरबाट ३९ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरेको छ । सडकपेटी र सार्वजनिक स्थलहरुमा मानसिक तथा शारीरिक रुपमा कमजोर भई बेवारिसे जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्धार गरेको आश्रमका अभियन्ता मनोज घिमिरेले जानकारी दिए ।

देशका १६ जिल्लामा शाखाहरु विस्तार गरेको मानवसेवा आश्रमले दशैँको समयमा घटस्थापना देखि पूर्णिमासम्म ूयसपालीको दशैँमा कोही पनि मानिस सडकमा नरहून्ू अभियान सन्चालन गरेको थियो ।

आश्रमले यस अवधिमा २३ जनाको पुनर्मिलन समेत गरेको छ । १८ जनाको पारिवारिक पुनर्मिलन गरेको र ५ जनाको सामुदायिक पुनर्स्थापना गरेको छ ।

२ जना भारतीय नागरिकको समेत करिब १० घण्टा लामो रेल यात्रा गरेर पुनर्मिलन भएको छ । यसैगरी ४ जनाको आश्रममा नै कालगतिले निधन भएको आश्रमले जनाएको छ ।