बागमती प्रदेशकी मुख्यमन्त्रीले विश्वासको मत लिँदै

४ कार्तिक २०७८, बिहीबार १६:३३

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभा बैठक शुरु भएको छ ।

दिउँसो १ बजे बोलाएर ३ बजेका लागि सारिएको बैठक सवा ४ बजे शुरु भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका छन् ।

अहिले मुख्यमन्त्री शाक्यले सम्बोधन गरिरहेकी छन् ।