दोहोरो अंकले घट्यो सेयर बजार, किन गिरावट हुँदैछ परिसूचक ?

४ कार्तिक २०७८, बिहीबार १६:२३

काठमाडौ । साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से १४।७० अंकले घटेको छ ।

बैंक ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेप पछि बुधबार ६० अंक बढीले घटेको बजारमा बिहीबार दोहोरो अंकले घटेर २५५६.९५ को बिन्दुमा आइपुगेको हो ।

बिहीबार ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४८३.३९ बिन्दुमा आइपुगेको छ ।

बुधबार सेन्सेटिभ इन्डेक्स २.४१ प्रतिशतले वृद्धि भएको थियो । आज कुल कारोबार रकममा पनि गिरावट छ ।

आज दोस्रो बजारमा कारोबारमा आएका १३ उपसमुह मध्ये अन्य र म्युचुअल फण्डको सूचक मात्र बढेको छ । अन्य उपसमूह १.३० र म्युचुअल फण्ड ०.४३ प्रतिशतले बढेको बढ्यो ।

बाँकी एघार सूचकमध्ये ब्यापार, विकास र फाइनान्सको सूचक धेरै प्रतिशत घट्नेमा छन् ।