
काठमाडौं । पाल कम्युनिस्ट पार्टी (एमाले)ले बिहीवारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । कात्तिक ४ गते बिहीवार दिउँसो ३ बजेका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो ।
तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन् ।
असोज १५–१७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको विषय प्रवेश बैठकका एजेण्डा छन् ।
यस्तै हालै भएको अविरल वर्षाका कारण भएको धनजनको क्षतिलगायत समसामयिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए । संसदमा जारी अवरोधको विषयमा पनि बैठकमा छलफल हुनेछ ।
माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुख अग्नि सापकोटाले कार्यान्वयन नगरेको भन्दै एमालेले भदौ २३ गतेदेखि संसदमा अवरोध गर्दै आएको छ ।
प्रतिनिधि सभाको बैठक कात्तिक ११ गतेका लागि बोलाइएको छ ।
