पहिलोपटक सबभन्दा धेरै वर्षा, ४६ जनाको मृत्यु

३ कार्तिक २०७८, बुधबार १७:१७

एजेन्सी । भारतको उत्तराखण्डमा कीर्तिमान वर्षा भएपछि कुमाऊँ क्षेत्रमा विनाश मच्चिएको छ ।

वर्षाका कारण पर्यटकीय क्षेत्र नैनीतालमा धेरै असर परेको छ ।

विभिन्न नदीहरूमा जलस्तर बढेको छ । सयौं ठाउँमा पहिरो भएकाले घरहरू पुरिएका छन् र सडकहरू बन्द भएका छन् ।

कुमाऊँका डीआईजी नीलेश भरणेले बताए, ‘अहिलेसम्म ४६ जनाको मृत्यु भइसकेको छ । दुर्गम क्षेत्रहरूमा उद्धारकार्य जारी छ ।’

मृत्युसंख्या बढ्न सक्ने बताइएको छ ।

मंगलवार नैनीताल जाने सबै सडकहरू पहिरो खसेर आवागमन रोकिएको थियो । अहिले सबै सडक खोलिएको डीआईजी भरणेले बताए ।

उत्तराखण्डको मौसम विभागले दिएको जानकारी अनुसार, कुमाऊँ क्षेत्रमा विगत १२४ वर्षमै पहिलोपटक सबभन्दा धेरै वर्षा भएको छ ।