प्रश्न सोध्दा सांसदले पिटे युवकलाई (हेर्नुहोस् भिडियो)

३ कार्तिक २०७८, बुधबार १६:५७

एजेन्सी ।

भारतको पञ्जाब राज्यमा रहेको पठानकोटका एक विधायकले आफ्नो क्षेत्रका एक युवकलाई कुटपिट गरेका छन् ।

भोआ इलाकामा पुगेका विधायक जोगिन्दर पाललाई युवकले साढे ४ वर्षमा तपाईंले यस क्षेत्रका लागि के गर्नुभयो भनी सोधेका थिए । प्रश्न सुनेर रिसाएका विधायकले युवकलाई गालीगलौज गर्दै कुटपिट समेत गरे ।

अन्य मानिसको उपस्थितिमा विधायकले युवकलाई पिटेको भिडियो भाइरल भइरहेको छ ।