सुन्दर नगरी सन्धिखर्कको कुरुप सडक

२ कार्तिक २०७८, मंगलवार १७:२३

तस्बिर: युवराज थापा

आयोखबर संवाददाता

काठमाडौं ।

अर्घाखाँचीको सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड समयमा मर्मत नहुँदा दैनिक सवारी चालक तथा यात्रुहरु मारमा परेका छन् । सुन्दर नगरी सन्धिखर्कको नारा दिएता पनि अत्यावश्यक भौतिक पूर्वाधार सडक भने समयमै मर्मत गरिएको छैन ।

तस्बिर: युवराज थापा

उक्त सडकमा बर्षा भएको बेला पानी जमेर सडकमै पोखरी भई सवारी चलाउन समस्या हुुने भन्दै स्थानीय बासिन्दाहरुले धेरै पटक जनप्रतिनिधिहरुलाई जानकारी समेत गराउँदा पनि बेवास्ता गरेको स्थानीय बासिन्दाहरुको गुनासो छ ।

सडकको स्थीति अत्याधिक नाजुक भएको हुनाले त्यही सडक खण्ड अन्तर्गत पर्ने जिल्ला अस्पतालमा समेत आवत जावत गर्न धेरै अप्ठ्यारो भएको अस्पताल आउँदै गरेकी रमा गैरेले बताइन् ।

त्यसै गरी सदरमुकामको मुख्य सडकको यस्तो स्थीति देखेर लाज लाग्नुपर्ने हो भन्छन् स्थानीय भुसाल ।

समयमै कालोपत्रे गर्न ढिलाई हुँदा सडकमा सवारी दुर्घटना समेत बढ्ेको स्थानीय बिसाल मरासिनीले आयोखबर संवाददातालाई बताए ।