चीन र रुसका १० वटा जहाज जापान नजिक पुगे, के सन्धि हुन लागेको हो ?

२ कार्तिक २०७८, मंगलवार १६:३८

एजेन्सी ।

चीन र रुसका १० वटा जलसैन्य जहाजहरू जापानको मुख्यभूमि र होक्काइदो टापुबीचको जलसन्धि हुँदै गएपछि जापान सतर्क बनेको छ ।

आफूले जहाजहरूको गतिविधि नजिकैबाट नियालिरहेको जापानका मन्त्रिपरिषद् सहसचिवले मंगलवार बताए ।

‘हामी जापान नजिकको जलक्षेत्र र हवाईक्षेत्रमा निगरानी गरिरहनेछौं,’ योशिहिको इसोजाकीले बताए ।

चुगारु जलसन्धि हुँदै चीन र रुसका जहाज गएको पुष्टि जापानले पहिलोपटक गरेको हो । उक्त जलसन्धिले जापान समुद्रलाई प्रशान्त महासागरबाट छुट्ट्याउँछ ।