खोला तर्ने क्रममा खोलाले बगायो जीप

१ कार्तिक २०७८, सोमबार १६:५३

फाइल तस्बिर

काठमाडौं । गुल्मीमा अबिरल वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा जीप बगाएको छ ।

जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जीप बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जीप बगाएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिएका प्रहरीले आयोखबर संवाददातालाई जनाएको छ । खोलाले बगाएको जीप खोजी कार्य जारी रहेको छ ।

जीप बगाएपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा गए रातीबाट निरन्तर वर्षा भइरहेको छ ।