चिनियाँ राजदूत यान्छीले लगाईदिइन दशैँ टिका

२९ आश्विन २०७८, शुक्रबार २३:०३

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाएकी छन् ।

चिनियाँ दूतावासमा उनले नेपाली सहकर्मीहरुलाई टीका र जमरा लगाएर दसैँ मनाएकी हुन् ।

सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै उनले लेखेकी छन् – मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।