दाङमा एक जना बालकको मृत्यु

२५ आश्विन २०७८, सोमबार १४:५३

फाइल तस्बिर

 

काठमाडौं । दाङमा पानीमा डुबेर एक जना बालक मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने रूपलाल नेपालीका छोरा ४ वर्षीय स्वरुप नेपालीको मृत्यु भएको हो ।

आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर बालक मुत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि लमही अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।