आजै मन्त्रीहरुको शपथको तयारी हुँदै, कुन दलका कति मन्त्री थपिए ?

२२ आश्विन २०७८, शुक्रबार १५:०७

फाइल तस्बिर

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

उनले आफ्नो पार्टी नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादी ४ ४ मन्त्री पाउने छन् भने काँग्रेसबाहेक सबैले मन्त्रीको टुंगो लगाइसकेका छन् ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले आजै मन्त्रीहरुको शपथ हुने जानकारी आएको रातोपाटीलाई बताए ।

सो पार्टीबाट श्रेष्ठको नेतृत्वमा सरकारमा जाने निर्णय भइसकेको छ।