दाङमा एक युवकको मृत्यु

२२ आश्विन २०७८, शुक्रबार १४:५०

फाइल तस्बिर

काठमाडौं । दाङमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो ।

आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः ३० बजे मृतावस्थामा फेला परेका थिए ।

प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगौला रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।